Friday, August 5, 2016

होस गर्नुहोस यस कारण ले गर्दा योनी बाहिर झरेको (बिर्य) शुक्रकीटले महिलाहरु गर्भवती हुन्छन थाहा पाउनुहोस

SHARE THIS POST :

महिलाको गर्भवती हुने सम्भावना
कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । मुख्य रूपमा पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण रहन मुख्य रुपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।

शुक्रकीटसँग मिलन हुन महिलाको पनि डिम्ब निस्किएको हुन जरुरी छ । सामान्यत: महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । सामान्यत: डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अंगभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले सबैभन्दा बढी सम्भावना भएको समय मानिन्छ ।

सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो वा चाँडो हुन्छ भने यो सम्भावनामा पनि फरक पर्छ । तपाईंले महिनावारी कति–कति समयमा हुन्छ भनेर नखुलाउनु भएकाले यसै भन्न सकिने कुरा भएन ।

शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ ?

तपाईंलाई थाहै होला, पुरुषबाट निस्कने वीर्यमै शुक्रकीट हुन्छन् । शुक्रकीटलाई कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले वीर्यमा उचित पोषण वा वातावरण मिल्ने किसिमले पानी तथा अन्य रसायन हुन्छ । हाम्रो शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ भन्ने कुरा आर्द्रता, तापक्रम, अम्लीयता अनि अन्य कतिपय वातावरणीय तत्त्वहरूमा भर पर्छ । सामान्य रूपमा शुक्रकीट बाह्य वातावरणमा आउनासाथ सुक्ने क्रम सुरु हुन्छ र सुख्खा वीर्यमा शुक्रकीट मर्छ । कपडामा वीर्य पर्दा त्यसको पानी अझ चाँडो सोसिन्छ र वीर्य सुक्ने क्रम थप तीव्र हुन्छ । कपडामा भएका अन्य तत्त्वको प्रभाव पनि शुक्रकीटमा नकारात्मक नै पर्छ ।
सामान्य अवस्थामा यस्तै २० मिनेटमा निष्क्रिय भैसके पनि निकै ओसिलो वा लपक्कै वीर्यले भिजेको स्थितिमा भने यस्तै ६० मिनेट सम्म बाँच्ने कुरा देखिएको छ । कतिपय स्थितिमा शुक्रकीट जीवित रहे पनि त्यसले डिम्ब निषेचन गर्न सक्ने क्षमता भने गुमाइसकेको हुन्छ । यहाँ प्रयोगशालामा चिस्याएर शुक्रकीटलाई जोगाएर राख्ने आधुनिक प्रविधिअन्तर्गत शुक्रकीट बाँच्ने कुरा गर्न सान्दर्भिक भएन ।

No comments:

Post a Comment

<center style=" margin: 10px 0px -3px 0px; background: #000000; padding:40px;"> <script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script> <!-- NEWS HIGHLIGHT Before Post --> <ins class="adsbygoogle" style="display:inline-block;width:300px;height:250px" data-ad-client="ca-pub-2815149139962940" data-ad-slot="6320434112" data-language="en"></ins> <script> (adsbygoogle = window.adsbygoogle || []).push({}); </script> </center>